काठमाडौँ – पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । रोल…..
वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । ३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए । लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे । म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको छ । रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो । महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् ।
खेलकुद
प्रतिक्रिया