राजनीति

प्रदेश २ को नाम अब ‘मधेश प्रदेश’


काठमाडौँ – प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ । तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशको पक्षमा केहीबेर अघि मतदान भएको हो ।

मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले मधेश प्रदेशको पक्षमा मतदान गरेका हुन् । प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा मधेश प्रदेश प्रस्ताव गरेका थिए। शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम ुमधेश प्रदेशु कायम गर्न प्रदेशसभामा शैलेन्द्र कुमार यादवले प्रस्ताव पेश गरेका थिए।

यसअघि, आजै प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको थियो । यसअघि आज स्थायी राजधानी जनकपुरधामका लागि भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी मध्ये ७८ जना प्रदेशसभा सदस्यले पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।