राजनीति

शहरी विकास मन्त्री झाँक्रीका यी हुन् सय दिनका उपलब्धि (भिडियोसहित)


काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो १०० दिनको काम सार्वजनिक गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले जिम्मेवारी सम्हालेपछि गरेको कामको विवरण सार्वजनिक गर्नुभएको हो । मन्त्री झाँक्रीले आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको छ । उहाँले नीतिगत सुधार गर्ने क्रममा विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उद्देश्यहरुलाई अन्तिम रुप दिई प्रदेश र स्थानीय तह लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

मन्त्री झाँक्रीले आफू मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै बागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको, शहरी पूर्वाधार विकास निगम–नगर वित्त निगम स्थापनाका लागि विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको र उपत्यकाका सबै नगरपालिकामा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्डमा एकरुपता कायम गर्न विद्यमान मापदण्डको परिमार्जित मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो ।