देश

पर्यटनमन्त्री आले आक्रमक बन्दै, पशुपतिको धर्मशालालाई व्यापारशाला बनाएकोमा आक्रोशित (भिडियोसहित)


काठमाडौँ – पशुपति धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि पर्यटनमन्त्री प्रेम आलले निरिक्षण गरेका छन । निरिक्षण पछि मन्त्री आलेले बतासले धर्मशालालाई सेभेन स्टार होटेल जसरी चलाएको भन्दै आश्चार्य व्यक्त गरे । धर्मशालालाई व्यापारको अखडा बनाएको देखिएको भन्दै मन्त्री आलेले दोषी पाईए कार्वाही गर्ने बताएका छन् ।

बतास समुहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल चलाईरहेको छ । ती कोठाहरुलाई बतास अर्गनाईजेसनले सुविधाका आधार बर्गिकरण गरेको छ । जहाँ आश्रम भन्ने खण्डमा २ ओटा कोठा रहेका छन । जसमध्ये एउटामा ११ र अर्कोमा ९ ओटा कोठा रहेका छन । जसको प्रति कोठाको एक रातको शुल्क ३५० कायम गरिएको छ । जसमा सेवा शुल्क र भ्याट थप तिर्नुपर्ने हुन्छ ।

त्यस्तै एसी सुविधा नभएको ॐ खण्डमा १२ ओटा कोठा रहेका छन् जसमा प्रति कोठाको एक रातको भाडा १ हजार रुपैया कायम गरिएको छ भने नमः खण्डमा एसी सहितका ५७ कोठा रहेका छन जहाँ २९ सय र शिवायमा रहेका ३ ओटा कोठा छन जसको शुल्क ५५ सय रुपैयाँ कायम गरिएको छ । यी सवैमा सेवाशुल्क र भ्याट अतिरिक्त तिर्नुपर्छ जुन शुल्क कुनै तारे होटलको भन्दा कम भन्न मिल्दैन । यहि धर्मशालमा भित्र रुद्राक्ष पसल र अधिवक्ताको कार्यालय समेत रहेको छ । जुन बाहिरका मानिसहरुले भाडाँमा रुम लिएर सन्चालन गरेका हुन ।

त्यस्तै सहकारीले, कृषीपसल र वतास अर्गनाईजेनले समेत केहि कोठाहरु प्रयोग गरेका छन । यी सबैको मन्त्री आलेले निरिक्षण गरेका छन । निरिक्षणपछि आलेले धर्मशालामा धेरै अनियमितता देखिएको र छानविन समितिले प्रतिवेदन बुझाएपछि बाँकि कुरा बाहिर आउने बताए । अनियमिततामा संलग्न जो भएपनि सजायको भागीदार हुने उद्घोष गरे ।

मन्त्री आलेले गरेका कार्यहरुको चौतर्फी चर्चा र प्रशंशा भईरहेको छ । बतास समूहको गतिविधि रोक्न लागि परेका मन्त्री आलेको यात्रामा पूर्व पर्यटन मन्त्री योगेश भट्टराई पनि जोडिएका छन् । भट्टराई र मनत्री आले आरोपप्रत्यारोपको तल्लो तहमै उत्रिएका छन । कतिपयले योगेश भट्टराईका पालाकै कार्यहरुमा खोजि खोजि आलेले गरेको एक्सन कतै जुँगाको लडाई त हैन भन्ने समेत विश्लेषण गर्न थालेका छन । अवस्था कस्तोसम्म छ भने योगेशले बेलायतबाट आउँदा मन्त्री आलेले विना राजस्व दश बोतल रक्सी र रोलेक्स घडी ल्याएको, काठ तस्करी गरेको आरोप समेत लगाएका छन ।

यता मन्त्री आलेले पनि माओवादी जनयुद्धकालमा हतियार ओसारपसार गरेर योगेशले काठमाडौंमा घर बनाएको आरोप लगाएका छन । एकपछि अर्को आलेको एक्सनमा सबैमा भट्टराई जोडिएका छन । मन्त्री आलेको अभिव्यक्तिमा योगेश भट्टाराई नै निशानमा देखिन्छन् । पार्टी विभाजन गरी माधव नेपालको फेरो समाउँदै नेकपा एसबाट पर्यटन मन्त्री बनेका आलेले कतै आफ्ना पूर्व सहकर्मीहरु प्रति प्रतिशोध साँधेका त होइनन् ? भन्ने आशंका उब्जीएको छ । एमालेकै नेताहरु भने प्रमाण भए जेल हालेर देखाउन चुनौती दिन्छन् ।

आफ्नो मन्त्रीमण्डलमा रहेका मन्त्रीहरुको कार्यशैलीबारे प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरदायी बन्नु पर्ने हुन्छ । मन्त्री ओलको सवालमा प्रधानमन्त्री देउवाबाट सकरात्मक वा नकरात्मक टिप्पणी भएको चाहीँ सुनिएको छैन । मन्त्री आले जनताको पक्षमै, बदनियत नराखी सुधारमा लागि परेका हुन् भने त्यसलाई सकरात्मक नै मान्नु पर्ने हुन्छ । यदी एकले अर्कालाई पुर्वाग्रह, राखेर प्रतिशोध साँधेर अघि बढेका हुन् भने चाहीँ त्यो बनाशिप नहोला ।