राजनीति

देउवा र प्रचण्डबीच भेट, पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

विहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटार प्रवेश गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासंग समसामयिक राजनीतिक घटनाका बारेमा छलफल गर्नुभएको हो । कोरोना संक्रमण भएपछि आराम गरिरहनुभएका प्रचण्डको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । भेटको क्रममा पछिल्ला राजनीतिक घटनाबारे छलफल भएको बताइएको छ ।

बालुवाटारमा भएको भेटमा भोलि ४ गते पाँचदलीय समन्वय समितिको बैठक बोलाउने पनि सहमति भएको छ । प्रचण्डमा कोरोना संक्रमण देखिएपछि एक हप्तादेखि सत्ता साझेदार दुई नेताबीच भेटघाट बन्द थियो ।