राजनीति

प्रतिनिधि सभा बैठक फेरि सर्‍यो


काठमाडौँ — प्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।  भोलि (सोमबार) का लागि बोलाइएको बैठक प्रतिनिधि सभा दुई हप्ता पर सरेको सचिवालयले जनाएको छ ।

बढ्दो कोरोना संक्रमणका कारण बैठक दुई हप्तापछि बोलाइएको संसद सचिवालयद्वारा आज जारी सूचनामा जनाइएको छ । यसअघि पुस २३ गते बोलाइएको बैठक विभिन्न कारणबस स्थागित हुँदै आएको थियो ।