राजनीति

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौँ — राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबारको दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरेको हो ।

संघीय संसदको महासचिव डा। भरतराज गौतमले आज एक सुचना जारी गर्दै राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन् ।