राजनीति

बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न पुगेका छन् । बतास अर्गनाइजेसनले सञ्चालन गरिरहेको धर्मशालाको निरीक्षण गर्न मन्त्री आले त्यहाँ पुगेका हुन्।

पशुपति क्षेत्र विकास कोषसँग मिलेर बतास समूहले १९ रोपनी जग्गामा ३४ करोड लागतको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ।

बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाएका छन् । क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।