राजनीति

लिपुलेकमाथिको हस्तक्षेपमा सरकार र गठबन्धनको मौनता रहस्यमय : राप्रपा


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले लिपुलेक(कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको विषयमा आपत्ति जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिलाई लिएर राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

महामन्त्री पाठकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी, लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको मौनता दुःखद, आश्चर्यजनक र रहस्यमय भएको उल्लेख गरेका छन् ।