राजनीति

‘माघी पर्व सामाजिक सद्भावको उदाहरण हो’


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले माघी पर्व  सामाजिक सद्भावको उदाहरण भएको बताएका छन् ।

माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विशिष्ट पहिचान भएको माघी सामाजिक सद्भावको उदाहरण भएको बताएका हुन् ।

माघी पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गर्दै उनले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताएका छन् ।