राजनीति

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छ : निर्वाचन आयोग


काठमाडौँ — निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।

शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।