विदेश

जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन


काठमाडौँ — जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन भएको छ ।

उनको यहि महिना निधन भएको जापानी सञ्चारमाध्यमले शुक्रबार पुष्टि गरेका छन् । उनी ९१ वर्षका थिए ।

खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो ।