राजनीति

निर्वाचन आयोगको सर्वदलीय बैठकमा नेताहरु पुग्ने क्रम जारी


काठमाडौँ — निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएपनि अहिले नेताहरु जाने क्रम जारी छ ।

बैठकका लागि एमाले नेता विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल लगायतका नेताहरु निर्वाचन आयोगमा पुगिसकेका छन् । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।