राजनीति

सर्वदलीय बैठक गर्दै निर्वाचन आयोग


काठमाडौँ – स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज (शुक्रबार) सर्वदलीय बैठक आयोजना गर्दै छ । 
बैठकमा स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने मिति निर्धारणका साथै आउने माघ १२ गते गर्न लागिएको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा मतदाता नामावली अद्यावधिक गर्नेबारे छलफल हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहान ११ बजेपछि सुरु हुने सर्वदलीय बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको छ।