कोरोना विशेष

तिव्र रुपमा फैलिँदै कोरोना, नागरिकले भुलेकै हुन् दोस्रो लहरको व्यथा ? (भिडियोसहित)


काठमाडौँ – पछिल्लो एकसाताको तथ्याङ् हेर्दा नेपालमा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । तथ्यांक हेर्दा नेपालमा पनि तेस्रो लहरको सुरुवात भएको बुझ्न सकिन्छ । दिनहुँ आक्रमक रुपमा बढिरहेको संक्रमण अब कसरी नियन्त्रण हुन्छ त ?

पछिल्लो साताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना संक्रमितको संख्या आक्रमक रुपले बढिरहेको छ । पछिल्लो चार दिनको मात्रै तथ्याङ्क हेर्ने हो भने भयावहको अवस्था देखिन्छ । दुई तीन सयको हाराहारीमा सिमित रहेको संक्रमणदर २६ गते ११ सयको हाराहारीमा पुग्यो । २७ गते २ हजार ४४४ संक्रमित देखिएकोमा २८ गते ह्वात्तै ३ हजार बसढमा संक्रमण पुष्टि भयो ।

संक्रमितको संख्या तीव्र गतिमा बढ्दै जादा तेस्रो लहरको सुरुवात भएको चर्चा हुन थालेको छ । कोरोनाको संक्रमणको दर तिब्र रुपमा बढेसँगै स्वास्थ्य क्षेत्रको तयारीलाई लिएर पुन: बहस प्राररम्भ भएको छ । यता सरकारले सबै नागरिकलाई चैतसम्म खोपको पहँचमा पुर्याउँने संकल्प लिए पनि त्यस्तो संकेत देखिदैन् । कतिपय सामान्य नागरिक अझैपनि खोपको पहुँचबाहिर छन् । राज्यले सबै नागरिकमा खोपको पहँुच पुर्याउँन नसक्दा कोरोनाका कारण निकै त्रशित हुनुपर्ने अवस्था छ ।

त्यसोत यता भारतमा संक्रमणको दर अत्यासलाग्दो तरिकाले बढिरहेको छ । त्यहाँ एकैदिनमा २ लाख ५० हजारको हाराहारीमा संक्रमण पुष्टि भैरहेको छ । तर सरकारले सिमा नाकालाई अझै पनि व्यवस्थित गर्न सकेको छैन । भारतबाट आएकाहरूलाई राज्यले व्यवस्थित गर्न नसक्ने हो भने महामारीले भयावह रुप लिने निश्चितप्राय छ । जुन यसअघिका कोरोनाका लहरले सिकाएर गइसकेका छन् ।

यता कोरोनाका दुइवटा चरणलाई अधिकांश नागरिकले भने चटक्कै भुलेको देखिन्छ । बजारको भीडभाडका दृश्य हेर्दा नागरिकमा कुनै स्वास्थ्य सावधानी अपनाएको पाइदैन । कतिपय स्वास्थ्य विज्ञहरुहरुले कोरोनाको पहिलो र दोस्रो चरणबाट केही पाठ नसिकिकन अझै पनि हेलचेक्र्याई गर्दै जाने हो भने अझ बढि क्षति पुर्याउँन सक्ने र सरकार र हरेक नागरिले सचेत नहुने हो भने झन ठूलो दुर्घटना निम्तने बताउँछन् ।

दिनुहँ आक्रमक रुपमा बढिरहेको कोरोना भुषको आगो झै सल्किरहेको छ । बेलैमा सरकार र नागरिक सचेत नबन्ने हो भने दोस्रो चरणमा बेड नपाएर अक्सिजनको अभाव भएर छट्पटिएको त्यो दिन पुनः नआउँला भन्न सकिन्न ।