काठमाडौँ — राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि दाहाल होम आइसोलेसनमा बसेकी छिन् । दाहालको स्वास्थ्य भने सामान्य रहेको छ ।
दाहाल पुस तेस्रो साता भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सहभागी भएकी थिइन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत माओवादीका दर्जनौं नेताहरूमा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया