काठमाडौँ – काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानप्रति नेकपा एमालेका नेता भीम रावलले आशंका व्यक्त गरेका छन् ।
प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएपछि नेता रावलले सन्देह व्यक्त गर्दै यस्तो बताएका हुन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा ट्विट गर्दै रावलले लेखेका छन्,‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’
प्रतिक्रिया