कोरोना विशेष

सिंहदरबार प्रवेश गर्ने सबै पास खारेज


काठमाडौँ — गृह मन्त्रालयले सिंहदरबार प्रवेश गर्ने सबै पास खारेज गरेको छ । बुधबार सूचना प्रकाशित गरी गृहले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर हालसम्म सबै मन्त्रालय, विभाग, आयोग तथा कार्यालयबाट जारी भएका स्थायीरअस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको जनाएको छ ।

अब नयाँ परिचयपत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै परिचयपत्र दिने सूचनामा उल्लेख छ । सरसफाइसँग सम्बन्धित कर्मचारीको पास भने खारेज गरिएको छैन । यस्तै, पत्रकारले सूचना विभागबाट जारी भएको परिचय पत्रका आधारमा सिंहदरबारमा प्रवेश पाउने छन् ।