राजनीति

पर्सामा एमाले जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित


काठमाडौँ — वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ ।

पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।