राजनीति

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी


काठमाडौँ — नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् ।

पदाधिकारीमा उनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा बिसीले डण्डीप्रसाद शर्मालाई १ सय १ मतान्तरले हराएको एमाले निर्वाचन समिति सुर्खेतले जनाएको छ ।

बिसीले ३ सय ६८ र शर्माले २ सय ६७ मत पाए । यसैगरी उपाध्यक्षमा कुलमणि देवकोटा ३ सय ९४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी ऋषि गीरिले २ सय २६ मत पाए ।

सचिवमा कविन्द्र केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भए । २३ गते सुरु भएको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि हिजो मतदान भएको थियो ।