राजनीति

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ विजयी


काठमाडौँ — नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक मतपपरिणाअनुसार ४५६ मत पाएर उनले जिल्ला अध्यक्ष पद जितेका हुन् । पराजित दामोदार बैरागीले भने ४ सय ७ मत प्राप्त गरेका छन् ।

विजयी मनबहादुर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा सचिव पद्मा अर्याल समूहका हुन् । एमाले कास्कीका कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङसँग प्रतिस्पर्धामा उत्रिएका वैरागीलाई संगठन विभाग प्रमुख खगराज अधिकारीको साथ थियो । कास्कीमा पृथ्वीसुब्बा र खगराजबीच जुँगाको लडाइँ छ । यही पुस २३ गते सुरु अधिवेशन २ नेताको प्रतिष्ठाको प्रतिस्पर्धाकै कारण लम्बिएको थियो ।