कोरोना विशेष

सभा सम्मेलनमा सरकारले लगायो रोक, शीर्ष नेताबाटै मापदण्डको उल्लङ्घन (भिडियोसहित)


काठमाडौँ – पछिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । तेस्रो लहरको महामारीलाई रोक्न भन्दै सरकारले विद्यालय लगायत भीडभाड हुने क्षेत्रलाई प्रतिबन्ध लगाईसकेको छ । तर राज्यकै राष्ट्रप्रमुख लगायतले भने कोरोनाको तेस्रो लहरलाई चुनौति दिईरहेका छन् ।

पछिल्लो साता कोरोना संक्रमित बढेसँगै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । तेस्रो लहरको जोखिम न्यूनिकरणका लागि सार्वजनिक स्थलमा भीड हुने सबै प्रकारका कार्यक्रममा सरकारले रोक त लगायो, तर राज्यकै प्रमुख व्यक्तिहरुले तेस्रो लहरको कुनै प्रवाह नगरी सार्वजनिक कार्यक्रमै चुनौति दिईरहेका छन् । सरकारको यस निर्णयले उनीहरुलाई कतै रोकतोक गरेको छैन् । मंगलवार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी एक सार्वजनिक कार्यक्रममा सहभागि बनिन् । जहाँ निकै तामझामका साथ सयौं मानिसको उपस्थ्तिीमा कार्यक्रमलाई बढावा मात्रै दिइएन सरकाले लगाएको प्रतिबन्धलाई खिल्ली नै उडाइयो । नागरिकलाई प्रतिबन्ध लगाउने सरकारले राज्यकै प्रमुख व्यक्तिहरुको यो कदमलाई भने नदेखेझै गरिरहेको छ ।

त्यसोत नेकपा एमालेले यतिबेला जिल्ला अधिवेशन गरिरहेको छ । कोरोनाको तेस्रो लहरलाई चुनौती दिदै एमालेले जिल्ला—जिल्लामा यतिबेला भव्य कार्यक्रमहरु गरिरहेको छ । जुन दृश्यले पनि ठूलालाई चैन र सानालाई ऐन भने जस्तै भईरहेको छ

यद्दपी एमालेले कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । त्यसोत कोरोनाको दोस्रो लहर पनि नागरिकको र सरकारकै लापरबाहीका कारण चरम विन्दुमा पुगेको थियो । तेस्रो लहरमा पनि सावधानी नअपनाएमा दोस्रो चरणको संकट नदोहोरियला भन्न सकिन्न । यता विश्व स्वास्थ्य संगठनले डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिइरहेका बेला नागरिकस्तरबाटै पनि सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।

यद्दपी जनस्वास्थयविद्हरु भने सबै नागरिक समाजप्रति उत्तरदायी बन्ने हो भने एकले अर्कालाई आरोप लगाउँने अवस्था नआउँने बताउँछन् । हाल भेन्टिलेटरमै कोरोनाका विरामी पुग्नु पर्ने अवस्था नआईसकेको भएपनि अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने उनीहरु सुझाउँछन् ।

त्यसोत यतिवेला स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्दै अतिआवश्यक बाहेक घरबाहिर निस्कने अवस्था छैन । अहिलेको परिपेक्षमा सबै नागरिक जिम्मेवार बनि राज्यलाई सहयोग गर्ने बेला आएको स्वास्थ्यविद्हरु बताउँछन् ।

त्यसोत यतिबेला संक्रमितको संख्या बढेसँगै अस्पतालमा चाप बढेको छ । तसर्थ पहिलो र दोस्रो लहरको पाठ सिक्दै सबै नागरिक सचेत बन्नुपर्ने समय आईसकेको छ । यद्दपी देशकै अविभावकहरुले भने सरकारको प्रतिबन्धलाई नै गिज्याईरहेका छन् ।