देश

माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार बढ्यो, व्यापारीमा छायो उत्साह (भिडियोसहित)


काठमाडौँ – माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको पाइएको छ ।

माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलहरुको विशेष महत्व छ । माघे संक्रान्ति नजिकीएसंगै अहिले बजारमा तरुलको व्यापार बढेको छ । विभिन्न प्रकारका तरुलहरु किन्नेको भिडले बजार यतिबेला माघे सक्रान्तिमय देखिएको छ । त्यसोत तरुल एक प्रकारको कन्दमुल हो । माघे सक्रान्तिमा यसको विशेष महत्व त छ नै तरुललगायतका कन्दमूलविना माघे संक्रान्ति पर्व अधुरो नै हुन्छ ।

Local SEO on Steroids: What Is Schema and How Will It Help You Get More Traffic? – StrategyDriven turinabol results best anabolic supplements, are oral steroids safe for bodybuilding – gets article

व्यापारीहरु पनि तरुलको व्यापार राम्रो भईरहेको भन्दै उत्साही बनेका छन् । यद्दपी गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको व्यापारी बताउँछन् ।
यसपटक काठमाडौंमा सर्लाही चितवन लगायतबाट तरुल बढि आयात भएका छन् । जसमा थरि थरि तरुलका मूल्य पनि फरक फरक रहेका छन् । जसमा अन्य तरुल भन्दा रातो तरुल स्वास्थ्यका दृष्टिले पनि राम्रो हुने यसको मूल्य अन्य तरुलको भन्दा बढि हुने व्यापारी बताउँछन् ।
व्यापारीहरुका अनुसार यस वर्र्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढि भित्रिएको छ । ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन । उपभोत्ता पनि सस्तोमा पाईने भएकाले तरुल खरिद गर्न कालिमाटी तरकारी बजारमै पुग्ने गरेका छन् ।

माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा चाककोु उत्पादन र व्यापारमा पनि तीव्रता आएको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन् ।

अघिल्लो वर्ष कोरोनाका कारण तरुल र चाकुको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल र चाकु पनि खाने हाम्रो प्रचलन रहि आएको छ । पोषणविद्हरुका अनुसार तरुल र चाकुले हाम्रो सरिरलाई बलियो बनाउने पोषण दिने गर्दछ ।