काठमाडौँ — पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
१० हजार ६४८ पीसीआरबाट १ हजार ९१८ जना संक्रमित भएका हुन् भने ४ हजार ३८५ एन्टिजेन परीक्षण हुँदा ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१३ जना रहेको छ । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।
प्रतिक्रिया