काठमाडौँ – नोबेल मेडिकल शिक्षण अस्पतालमा अतिरिक्त शुल्कविरुद्ध भइरहेको आन्दोलन थप चर्किएको छ ।
एमबिबिएस प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूले आज (मंगलबार) अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । कलेज प्रशासनले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्नाका साथै पठनपाठनमा रोक लगाएपछि विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन् ।
विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् भने उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियागिरी अन्त्य गर्न माग समेत राखेका छन् ।
नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको विरोधमा दुई सातादेखि विद्यार्थीहरू आन्दोलनरत छन् ।
प्रतिक्रिया