राजनीति

पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण


काठमाडौँ — ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । यस अवसरमा मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारको मूलद्वारमा रहेको नेपाल एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे १२ बजे समर्थकहरूसहित सिंहदरबार पुगेका थिए । त्यस क्रममा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकहरूले गणतान्त्रिक व्यवस्थाविरोधी नारा लगाएका हुन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।