राजनीति

राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण


काठमाडौँ — ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

यस अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । पर्यटनमन्त्री प्रेम आले र राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि माल्यार्पणका लागि सिंहदरबार पुगेका थिए । उच्चपदस्थहरू आउनेक्रम जारी छ ।

केहीबेरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि माल्यार्पणका लागि सिंहदरबार जाँदै छन् । राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणनेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले शोभायात्रा निकालेको छ । आज देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदैछ ।

विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि २०७४ मा आएर बिदा दिइएको थियो । पुनस् पछिल्ला वर्षमा बिदा हटाइएको छ ।