राजनीति

राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबार जाने




काठमाडौँ – पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन् । 
राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी पौने ११ बजे सिंहदरबार जाने कार्यक्रम रहेको भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जनाकारी दिए ।

त्यहाँबाट भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक पनि जाने कार्यक्रम रहेको अधिकारीले बताए।

पूर्वराजा शाह मध्यान्ह साढे १२ बजे सिंहदरबार जाने उनको  सचिवालयले जनाएको छ।