काठमाडौँ – काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजाललाई सोमबार लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताउनुभयो । चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको गरिएको उहाँले बताउनुभयो।
रिजाललाई संक्रमण पुष्टि भएसँगै उहाँसँग केही दिनअघि सम्पर्कमा रहेका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
प्रतिक्रिया