कोरोना विशेष

कोरोनाको तेस्रो लहर : सरकारदेखि सर्वसाधारणसम्मलाई छैन मतलब, लकडाउन होला त ? (भिडियोसहित)


काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च भएसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । तर, सरकारदेखि सर्वसाधारणलाई यसको कुनै पर्वाह छैन । उल्टै सरकार र राजनितिक दलका नेताहरु नै संक्रमणको जोखिम बढाउने गतिविधिमा लागि परिरहेको छ ।

चीनको वुहानमा देखापरेको नोवेल कोरोना भाइरसको महामारीसंग नेपालले पनि संघर्ष गनुप¥यो । पहिलो लहरमा कोरोनाबाट जोगिन नेपालमा स्वास्थ्य संरचना पर्याप्त थिएन । तत्कालिन अवस्थामा रोगसँग लड्नका लागि सरकारले दाताहरुको मुख ताक्दै गयो । तर व्यवस्थापनको पाटोमा ध्यान भने दिन सकेन । लामो समय लकडाउन ग¥यो । बीचमा लकडाउन खुल्ला गरेसंगै संक्रमितको संख्या ह्वातै बढ्न थाल्यो । सरकारले पहिलो लहरको संक्रमणबाट सिक्नुपर्ने पाठ थियो । तर दोस्रो लहरमा त्यो पाठको सदुपयोग गरेन ।

संक्रमितको संख्या दैनिक रुपमा दोब्बर–तेब्बर अंकले बढिरहेको थियो । अस्पतालमा बेडको अभावका कारण संक्रमितले पिँढी, चौरमै उपचार गराए । अक्सिजन अभावले विरामी मृत्युवरण गर्न बाध्य भए । आईसीयू, भेन्टिलेटर नपाउँदा धेरैले ज्यान गुमाए । अहिले फेरि ओमिक्रोन भेरियन्टले गर्दा तेस्रो लहरको जोखिम बढको छ । संक्रमण बढिरहँदा सर्वसाधारणदेखि राजनितिक दल र सरकारको तहसम्म लापरबाही देखिएको छ । राजनीतिक दलहरु यो समयमा संक्रमणको जोखिम बढाउनमै लागिपरेका छन् ।सामाजिक दूरी पालना हुनु त परै जाओस् सर्वसाधारण पनि मास्कसमेत नलगाई हिँड्ने गरेका छन् । यस्तै अवस्था रहिरहनेहो भने ओमिक्रोनले भयावह रुप लिन सक्ने विज्ञहरु बताउछन् ।

कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा लापरबाहीका कारण नै धेरै क्षति भयो । विश्व स्वास्थ्य संगठनले डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिइसकेको छ । तर, डेल्टाको जोखिम रहँदारहँदै पनि सर्वसाधारणमा विस्तारै कोरोना केही होइन भन्ने मानसिकता बढ्दै गएको छ । भीडभाडमा मास्कको प्रयोग नगर्नु वा सामाजिक दूरी कायम नगर्नुले पनि अर्को लहर फैलिन सहज हुन्छ ।

नेपालमा अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतमा ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतसँगको खुला सीमा नाकाका कारण मानिसहरु सहजै नेपाल भित्रिरहेका छन् । यता पनि लापरबाही बढ्दो छ । स्वास्थ्य क्षेत्र यस्तै अवस्थामा रहिरह्यो भने दोस्रो लहरमा जस्तो जनता उपचार र अक्सिजन नपाएर छटपटाउने सम्भावना धेरै टाढा नहोला । संक्रमण तीव्र बनिरहेको सन्दर्भमा सरकार र सर्वसाधारण पनि सचेत हुन जरुरी छ ।