कोरोना विशेष

प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो । बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बस्नुभएको थियो ।

सोमबार गरिएको पीसिआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालयले जानकारी दिएको छ ।