काठमाडौँ – भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार रक्षामन्त्री सिंह आफैले संक्रमण भएको जानकारी दिएका हुन् । ‘हल्का लक्षणसहित मलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छु, उनले ट्विटरमार्फत भनेका छन् । ‘म होम क्वारेनटाइनमा छु। हाल मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा रहन र परीक्षण गर्न अनुरोध गर्दछु।’ उनले ट्विट गर्दै लेखेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै गएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ ।
प्रतिक्रिया