कोरोना विशेष

सार्वजनिक सेवा लिन माघ ७ देखि ‘खोप कार्ड’ अनिवार्य गर्ने सरकारको निर्णय


काठमाडोँ – सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसलाई गृहमन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्री स्तरीय सो निर्णयसँगै माघ ७ देखि सरकारी तथा सार्वजनिक सेवा लिनका लागि कोभिड बिरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सुरक्षा निकाय र देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको छ ।

यस्तै सरकारले २५ जना भन्दा बढी भेला हुन पनि रोक लगाएको छ ।