कोरोना विशेष

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षा मन्त्री पौडेल होम आइसोलेसनमा


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल होम आइसोलेसनमा बस्नुभएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हिजो सोमबारदेखि मन्त्री निवासमा आइसोलेसनमा बस्नुभएको हो । मन्त्री पौडेलको सोमबार स्वाब परीक्षण गरिएको पौडेलका प्रेस संयोजक विमल खड्काले जानकारी दिनुभयो । उहाँको रिपोर्ट भने आउन बाँकी छ । खड्काका अनुसार मन्त्री पौडेललाई आइतबारदेखि रुघा, खोकी लागेको हो ।

माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण देखिएपछि अन्य नेतालाई समेत संक्रमण देखिएको छ । नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, दिनानाथ हर्मा लगायत नेतालाई कोरोना संक्रमण देखिएको छ ।