राजनीति

सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्रमा छ : केपी ओली


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको बताउनु भएको हो । आज संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उहाँले सरकार निर्वाचनबाट डराईरहेको र लुटमारमा लागि परेको दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क गर्नु भयो ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गर्नु भयो ।