काठमाडौँ — सरकारले (भोलि) मंगलबारदेखि १२ देखि १७ वर्ष सम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप दिने भएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका (१७ वर्ष ११ महिना २९ दिन पुगेका) बालबालिकालाई यही पुस २७ गतेबाट खोप दिइने भएको हो ।
सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने भनेको थियो तर उक्त निर्णय केहि समयका लागि रोकिएको थियो ।
प्रतिक्रिया