राजनीति

एमालेसँग एक्लै लड्ने आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ : पौडेल


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै लड्ने आँट नभएकाले गठबन्धनको कुरा गरिरहेको बताउनुभएको छ ।

नेकपा एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पौडेलले एक्लै लड्ने आँट नभएकाले गठबन्धन बनाएर आउन चुनौती दिनुभयो ।

‘एक्लै लड्ने हिम्मत भएकाले लडे हुन्छ । आँट नभएकाले गठबन्धन बनाएर आए हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसले जे गरे पनि आउने निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने छ ।’

उहाँले अहिले नेकपा एमालेविरुद्ध जति सुकै प्रहार गरिए पनि एमालेले जनताको बलले पुनः सरकारको नेतृत्व गर्ने दाबी समेत गर्नुभयो ।