राजनीति

नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सरकारको तयारी छ : मन्त्री भुसाल


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ ।

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पुर्याउनका लागि सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताउनुभएको हो । सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उहाँले बताउनुभयो ।

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानु भएको बताउनुभयो । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उहाँको जोड छ ।