राजनीति

प्रतिनिधि सभाको पुस २८ गते बस्ने बैठक स्थगित


काठमाडौँ – पुस २८ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बैठक माघ ३ गतेसम्मका लागि सारिएको हो । संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको जानकारी दिएको छ । यसअघि पनि बैठक बस्दै नबसी स्थगित गरेर पुस २८ गतेका लागि सारिएको थियो ।

‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।