राजनीति

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न ज्ञानेन्द्र शाह जाने


काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबारको मूलगेटअगाडि अवस्था आफ्ना पुर्वज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन् ।

३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ज्ञानेन्द्र मंगलबार मध्यान्ह साढे १२ बजे सिंहदरबार अगाडि जाने भएका हुन् ।

तर संवाद सचिव फणिराज पाठकले जारी गरेको सूचनामा शाहलाई राजाकै रुपमा उल्लेख गरिएको छ । ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन मंगलबार १२:३० बजे सिंहदरबारको मूलगेट अगाडि रहेको श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सवारी होइबक्सने कार्यक्रम रहेको छु, पाठकले जारी गरेको सूचनामा भनिएको छ ।