राजनीति

विद्यालय बन्द गर्ने-नगर्नेबारे छलफल गर्दै शिक्षा मन्त्रालयमा


काठमाडौँ — कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले माध्यमिक तहसम्मका विद्यालय केही दिनका लागि भौतिक कक्षा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने भएको हो । त्यसका लागि मन्त्रालयमा बैठक बोलाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार उक्त बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल भने सहभागी नहुने भएका छन् । मन्त्री पौडेलको सचिवालयका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेकाले आजको बैठकमा सहभागी हुन नसक्ने भएका हुन् ।