काठमाडौँ — आजदेखि राजधानीमा प्रधानमन्त्री कप राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगितामा सुरू हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषदको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ। त्यसैगरी टियु मैदानमै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र प्रदेश नं. २ भिड्नेछन् ।
यस्तै मुलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । यस्तै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ ।
पहिलो पटक प्रधानमन्त्री कप टि-२० फर्म्याटमा आयोजना हुने लागेको हो । नेपालले फेब्रुअरी १५ तारिख देखि ओमानमा खेल्न लागेको टि-२० विश्वकप ग्लोबल छनोट (ए) प्रतियोगितालाई ध्यानमा राखेर प्रधानमन्त्री कप टी-२० फर्म्याटमा आयोजना भएकोल हो ।
प्रतियोगितामा ७ वटा प्रदेश र तीन वटा विभागीय गरि १० टोली सहभागी छन् । १० टिमलाई दुई समूहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर – १ छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश- २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।
समूह चरणमा सबै टिमले एक/अर्कासँग एकरएक खेल खेलेपछि दुवै समूहको उत्कृष्ट दुई टिम सेमिफाइनल पुग्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमानमा हुने टि- २० विश्वकप छनोटको लागि नेपाली सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया