काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण यतिबेला देशमा मौसम बदली भएको छ।
बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । राति सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार देशभर आंशिक बदली रहनेछ । सुदूरपश्चिम र प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


प्रतिक्रिया