राजनीति

एमाले कैलालीको अधिवेशनमा हात हालाहाल


काठमाडौँ — कैलालीमा नेकपा (एमाले) का दुई पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै हात हालाहाल भएको छ ।

निर्वाचन प्रक्रियामा ढिलाइ भएको भन्दै उत्पन्न विवादमा अध्यक्षका उम्मेदवारद्वय रतन थापा र रणबहादुर चन्द पक्षीय कार्यकर्ताबीच आइतबार बेलुका धकेलाधकेल भएको हो ।

अध्यक्षका उम्मेदवार थापा र चन्द पक्षीय कार्यकर्ताबीच धकेलाधकेल तथा नाराबाजी भएको छ । आक्रोशित कार्यकर्ताले अधिवेशनस्थलमा तोडफोडसमेत गरेका छन् । अध्यक्षमा थापा र चन्दको उम्मेदवारी परेको छ। एमाले कैलालीका अध्यक्ष थापा र उपाध्यक्ष चन्द प्यानलसहित चुनावी मैदानमा छन् ।