राजनीति

काँग्रेसभित्र अन्तरद्वन्द्व उत्कर्षमा : देउवालाई शेखरको चेतावनी, नसच्चिए पार्टी दुर्घटनामा जान्छ (भिडियोसहित)


काठमाडौँ – पार्टी महाधिवेशन सम्पन्न भएको एक महिना वित्न नपाउँदै नेपाली काँग्रेसभित्रको अन्तरद्वन्द्व उत्कर्षमा छ । विपक्षी समूहलाई देउवाले उपेक्षा नै गरेर अघि बढेपछि शेखर कोइराला पक्षले रस्साकस्सी चलाइरहेको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन चलिरहेका बेला सभापतिको प्रत्यासी बनेका नेता शेखर कोइरालाले पार्टी रुपान्तरणका लागि जुनसुकै त्याग गर्न तयार रहेको आश्वासन कार्यकर्ता माँझ बडिरहेका थिए ।रुपान्तरण चाहेका करिब २ हजार कार्यकर्ताले उनलाई मत दिएपनि शेखरले सभापति शेरबहादुर देउवासँग हार ब्यहोर्न बाध्य बने ।

करिब ४० प्रतिशत मतसहित पराजित भएका शेखरले यसअघि पार्टीमा हुँदै आएको भागबण्डामा समेत हिस्सानखोज्ने घोषणागरेका थिए । तर महाधिवेशन सकिएको एक महिना भएको छैन, नेपाली काँग्रेसभित्र भागबण्डा र बाँडफाँडकै विषयमा अन्तरद्वन्द्वको आगो यसरी सल्कीएको छ, को काँग्रेस हुने, को नहुने प्रतिस्पर्धा छ ।र देउवाका गतिविधिमाथि आरिस गरिरहेका शेखरले पार्टी दुर्घटना जाने बताइरहेका छन् ।

सभापति देउवाप्रति शेखरले आक्रामक नीति लिनुका पछाडी पनि कारण छ । ३३ जना केन्द्रीय समितिमा मनोनित गर्ने अधिकार पाएका देउवाले केहीदिनअघिमात्रै दुई चरणमा १३ जना सिफारिस गरे । त्यसमा इतरपक्षमा रहेर पनि चुनावी प्रतिस्पर्धामा सामेल नभएका रामचन्द्र पौडेलसहित अन्तिम समयमा आफुलाई समर्थन जनाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित अधिकाशं आफु निकट नै सिफारिस गरे । शेखरको पक्षमा उभिएका एकजना पनि देउवाको मनोनितमा परेनन् । पुरानै कार्यशैली देखाएका देउवालेरुपान्तरण हुनै नचाहेकोबरु गुटगत राजनीतिमा अघि बढेको भन्दै उनले देउवाविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।अहिले सभापतिको कार्यशैली यस्तै रहे काँग्रेस नै किन बन्ने भन्नेखालको गम्भिर प्रश्न गरिरहेका छन् ।

आसन्न तीनै तहका चुनाव नजिक रहेका बेला काँग्रेसलाई पहिलो बन्ने अवसर छ । तर काँग्रेसभित्र एकमत नभएपछि चुनाव हारिन्छ कि भन्ने डर पनि देखिन्छ । यद्यपी शेखर पक्षले सभापति देउवालाई पार्टीको विधानले नै चाहेको व्यक्ति मनोनित गर्न पाउने सुविधा दिएको भन्दै आफ्ना मान्छे नपरेको झोकमा गुटबन्दीको औचित्य नभएको दाबी गरिरहेको छ ।

आगामी चुनावमा समेत देउवा आफ्नो पक्षलाई मात्रै समेटेर अघि बढ्छन कि भन्ने चिन्ता शेखर पक्षलाई छ ।जसको पहिलो रुप देउवाले गरेको मनोनयनमा देखिएपछि सुरुवाती चरणबाटै शक्ति बाँडफाँडमा रस्साकस्सी गरिरहेको बुझ्न कठिन छैन ।