राजनीति

एमाले डडेल्धुराको अध्यक्षमा साउद सर्वसम्मत


काठमाडौँ — नेकपा (एमाले) डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा साउद दोस्रो पटक चयन भएका हुन् ।

नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि डडेल्धुरामा निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो । अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै समर्थन गरेका हुन् ।