काठमाडौँ — पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौँ उपत्यकाका छन् । काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।
मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया