राजनीति

माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण


काठमाडौँ – माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा १’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ ।