समाचार

जोखिम न्यूनीकरणबारे छलफल गर्न काठमाडौँ उपत्यकाका प्रमुखको बैठक बस्दै, आंशिक प्रतिबन्ध हुन सक्ने


काठमाडौँ – कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको आज संयुक्त बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बैठकले आंशिक प्रतिबन्ध लगाउने तयारी गरको बुझिएको छ । पछिल्ला केही दिनदेखि कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । काठमाडौँ उपत्यका संक्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हिजो काठमाडौँमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।