राजनीति

एमालेको १९ जिल्लामा अध्यक्ष सर्वसम्मत छानिए, बाँकी स्थानमा सहमतिको प्रयास जारी


काठमाडौँ – नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत छानिएका छन् । अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । शुक्रवार ६३ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी जिल्लामा पनि छिटै अधिवेशन गर्ने एमालेले जनाएको छ ।